AArya
RUMPUM
animated ellipse animated ellipse

जहदा गाउँपालिका चुनावी अभियान तिव्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ जेष्ठ २०७४, बिहीबार १५:१०
3
Shares
विराटनगर, ४ जेठ / दोश्रो चरणमा हुन लागेको स्थानियतहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले जहदा गाउँपालिकामा प्रचार प्रसार अभियानलाई तिव्र वनाएको छ ।
साबिकको ६ वटा गाविस मिलेर बनेको पोखरीया गाउँपालिकामा कांग्रेसका संभावित उम्मेदवारहरुले सयुक्त रुपमा घरदैलो, मोटरसाइकल ¥याली, अन्तरक्रिया तथा चुनावी गतिविधी गर्न शुरु गरेका छन् ।
जेठ ३१ गते हुने निर्वाचनमा पार्टीलाई विजय बनाउन पार्टीका सवै संघसंगठनलाइ सयुक्त रुपमा परिचालन गरिएको नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य नवराज पाण्डेले वताउनुभयो ।
नेविसंघ, तरुणदल, महिलासंघ, किसान संघ तथा ट्रेडयुनियनलाई समेत परिचालन गरेर चुनावी अभियानलाई अगाडी वढाएको पाण्डेको भनाई छ । स्थानिय तहको निर्वाचनका लागि सो गाउँपाालिकाको उमेदवारकालागी नाम समेत सिफारिस भइसकेको छ ।
भारतिय सिमावर्तीक्षेत्रमा रहेको सो गाउपालिकामा नोपाली कांग्रेसले यस अघिपनी विकासको निमार्णको कामलाई तिव्रता दिदै आएको मोरङ क्षेत्र न ५ का क्षेत्रिय सभापती दिलिप पोखरेलले वताउनुभयो । पोखरीया गाउँपालिकामा २१ हजार २ सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर