AArya
RUMPUM
animated ellipse animated ellipse

फरवार्डको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ जेष्ठ २०७४, बुधबार २०:२४
3
Shares
विराटनगर, ३ जेठ/ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ग्रमीण क्षेत्रमा वितिय पहुच पु¥याउन माइक्रोफाइनान्सहरुले काम गरिरहेको बताएका छन् ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्दै गर्भर सिवाकोटीले ग्रामिण क्षेत्रमा वितिय पहुच पु¥याउदा सर्वसाधरणलाई सहज भएको बताएका हुन ।
घ वर्गको वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई सहज रुपमा वित्तीय सेवाका पु¥याउनुका साथै वित्तीय रुपमा साक्षर बनाउनु पर्ने बताए । पूर्व राज्यमन्त्री तथा वित्तीय संस्थाका अध्यक्ष भगवती चौधरीले ग्रामीण महिलालाई सामाजिक तथा आर्थिक रुपले अघि बढाउनु पर्ने भएकाले संस्थाको नाम फरवार्ड राखिएको बताइन ।
उनले ग्रामीण महिला उत्सुकता विकास मञ्च(फरवार्ड) का संस्थापक कार्यकारी निर्देशक स्व. दिनेश चौधरीको परिकल्पना अनुसार २०५१ सालमा ग्रामीण महिलाहरुलाई सामाजिक तथा आर्थिक रुपले सशक्तीकरण गर्न गैर सरकारी संस्था स्थापना भएको र उक्त संस्थाकै अगुवाइमा यस वित्तीय संस्थाको जन्म भएको बताइन
कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले स्वागत गर्दै वित्तीय संस्थाको अवस्थाबारे जानकारी दिएका थिए । चौधरीका अनुसार वित्तीय संस्थाले हालसम्म ३४ जिल्लामा ९७ शाखा मार्फत दुई लाख आठ हजार ग्राहक सदस्यलाई वित्तीय सेवा पु¥याइरहेको बताए । फरवर्डले छ अर्ब १५ करोड कर्जा लगानी गरेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर