विराटनगर,३ जेठ / विराटनगर – ३ आयल निगम पूर्वमा रहेको मोडर्न एरा उच्च माध्यमिकमा निर्वाचनबाट स्कूल क्याप्टेन तथा हाउस क्याप्टेन छनोट गरेको छ ।
देशनै अहिले निर्वाचनमय भइरहेको अवस्थामा स्कूलले निर्वाचन पद्धतिबाट क्याप्टेन छनौट गरिएको हो ।
२ सय ४४ मत ल्याएर धिरज भण्डारी स्कूल क्याप्टेनमा निर्वाचत भए । त्यसैगरि स्कुल भाइस क्याप्टेनमा २ सय ४० मत ल्याएर योगेश प्रसाई बिजयी भए । त्यस्तै एल्लो हाउस क्याप्टेन तर्फ रिजु क्षेत्रि, एल्लो हाउस भाइस क्याप्टेन तर्फ सुयेश राज दाहाल , ग्रीन हाउस क्याप्टेन तर्फ सुदिप नेपाल भए ।
विद्यालयले प्रत्येक वर्ष शैक्षिक् स्तरको सुरुवात सँगै निर्वाचन पद्धतिबाट मनिटर चयन गर्दै आएको स्कूलका संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिए ।