AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा हजार र पाँच सयको नक्कली नोट भेटियो ,सचेत अपनाउन राष्ट्र बैंको सुझाब

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७४, मंगलवार ११:२९
3
Shares
विराटनगर, २६ बैशाख । विराटनगरमा ५ सय र एक हजारको नक्कली नोट भेटिन थालेका छन् । राष्ट्र बैंकका अनुसार चैत पहिलो सातादेखि नक्कली नोट भेटिन थालेको हो ।
राष्ट्र बैंक विराटनगरसम्म यस्ता नोट पुगेपछि बजारमा ठूलो परिमाणमा नक्कली नोट हुन सक्ने आशंका बैंक तथा वित्तीय संस्थाको छ । दुई फरक–फरक नम्बर, पैसाँ रहने लालिगुराँसको फुल तथा फोटोकपी गरेको जस्तो देखिने नक्कली नोटहरू अहिले राष्ट्र वैंकमा करिब २५ वटा रहेको बैंकले जनाएको छ ।
एउटै नम्बर भएकाले नक्कली हो भन्ने पहिचान गर्न सजिलो भए पनि कहाँबाट कसरी आयो भन्ने यकिन नभएको राष्ट्र बैंक विराटनगरका प्रमुख रामु पौडेलले बताए । ‘बैंकहरूले शंकास्पद भनेर त्यस्ता नोट हामीलाई बुझाउन ल्याएका छन,’ उनले भने, ‘यस विषयमा मुद्रा व्यवस्थापन विभागमा जानकारी गराएका छौं ।’ बैंकिङ च्यानलमा आएका नोट मात्रै पत्ता लागेको उनले बताए । करि २५ वटा नक्कली नोटहरू राष्ट्र बैंकमा आइसकेका छन् । जसमा पाँच सयको नाट बढी रहेको छ ।
यहाँ रहेका वाणिज्य तथा विकास बैंकका शाखामा आएका नोटहरू शंकास्पद लागेपछि राष्ट्र बैंकलाई बुझाइएको हो । सक्कलीजस्तै देखिने नोट उच्चस्तरको फोटोकपी गरेर बजारमा ल्याएको हुन सक्ने अनुमान गरिएको छ । खस्रो कागज, प्रिन्ट हल्का फुलेको र लालीगुराँसको छाप नभएको आधारमा नक्कली भनेर छुट्याउन सकिने राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामण्ी शिवकोटाले बताए । उनका अनुसार बजारमा छ्याप्छयाप्ती जाली नोट देखिन थालेपछि पुरानो राष्ट्र बैंकमा राखि नयाँ नोट पढाउने गरेको बताए ।
नक्कली नोट बनाउने गिरोह पत्ता लगाउन प्रहरीलाई समेत चुनौती बनेको डिपुटि गभर्नर शिवकोटीको भनाई छ । नक्कली नोट बनाउने गिरोहको खोजी कार्यको लागि प्रहरीसँग समेत सहकार्य गर्दै आएको शिवकोटीले बताए । प्रहरी प्रशासनलगायत राज्यका निकायको ध्यान निर्वाचनमा केन्द्रित भएकाले नक्कली नोट बजारमा आएको हुन सक्ने बताइएको छ । बजारमा नक्कली नोट देखिन थालेपछि राष्ट्र बैंकले सचेत हुन आग्रह गरेको छ । व्यक्ति तथा संस्थागत रूपमा बैंकमा जम्मा गर्न आउनेबाट यस्ता नोट भेटिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर