CLASSICTECH NET

निर्वाचन मिति सारियोस

खबर पूर्वाञ्चल, २२ बैशाख २०७४, शुक्रबार २१:३१

विराटनगर / मोरङ मुस्लीम समाजले स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नगर्न भन्दै सिडियो कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पठाएको छ ।

मोरङ मुस्लीम समाजले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मितिमा नेपालमा रहेका मुस्लीम समुदायहरुको पवित्र महिना रमजान (रोजा)रहेकाले उक्त मितिमा चुनाव नगर्न भन्दै सिडियो कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पठाइएको हो ।

जेठ १३ गतेदेखि एक महिनासम्म बिहानको ४ बजेदेखि बेलुकाको ७ बजेसम्म पानी समेत नखाई व्रत बस्ने , नवाज पढ्ने अर्थात धार्मिक कार्य मात्र गर्ने भएको हुदा उक्त मितिमा हुने निर्वाचनमा मुस्लिमहरु सहभागी हुन नसक्ने भन्दै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पठाएको मोरङ मुस्लीम समाजका प्रवक्ता वसिम आलमले जानकारी दिए ।

उनीहरुले दोस्रो चरणको चुनाव तोकिएकै मितिमा भए मुस्लीम समुदायको सहभागिता हुन नसक्ने भएकाले निर्वाचनको मिति परिवर्तन गर्न जोडदार माग गरेका थिए । उनीहरुले आफ्नो आवाजलाई वेवास्ता गरे सशक्त आन्दोलनको विकल्प नभएको बताएका छन् । ज्ञापन पत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले आजै फ्याक्स मार्फत ज्ञापन प्रधानमन्त्रीको कार्यालय पठाको बताए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५