बिराटनगर, २२ बैशाख । बिराटनगर रंगेली रोड स्थित मेरिल्याण्ड कलेजले कक्षा १२ को परीक्षा दिएका बिद्यार्थीलाई बिदाइ गरेको छ । कलेजले आज एक कार्यक्रम बीच बिद्यार्थीहरुलाई बिदाई गरेको हो ।
कलेजमा व्यवस्थाजन संकायमा अध्ययनरत ५ सय ५५ जना बिद्यार्थीहरुलाई मायोको चिनो दिएर बिदाई गरेको थियो ।
कार्यक्रममा कलेजका कलेजका पूर्व प्राचार्यहरु भेषराज पोखरेल र मनोज गुप्ता, कलेजका उपाध्यक्ष पिके झालगायतले विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए । विदाई कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले गरेका थिए । कलेजका विद्यार्थी अनिमा विमली, मान्सी मल्ल, सिमरन अग्रवाल र सिद्धान्त खतीवडालगायतले कलेजमा वितेको अनुभव सुनाएका थिए ।