विराटनगर, २१ बैशाख / विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरियतामा नेपाल ३ स्थान तल झरेको छ ।
फिफा वरियतामा नेपाल भुटानभन्दा ९ स्थान तल छ । नेपाल १ सय ७३ स्थानमा झरेको हा । गत महिना नेपाल १ सय ७० स्थानमा थियो । यसपालि नेपाल गत महिनाभन्दा ३ स्थान तल झरी दक्षिण एसियामामा पाँचौ स्थानमा रहेको छ ।
नेपाल भन्दा भारत सय अंकका साथ पहिलो स्थान, माल्दिभ्स १ सय ५२ अंकका साथ दोस्रो, अफगानिस्तान १ सय ५४ अंकका साथ तेस्रो र भुटान १ सय ६४ स्थानका साथ चौथो स्थानमा रहेको छ । छैटौं स्थानमा बंगलादेश १९३, श्रीलंका १९७ अंकका साथ सातौ र पाकिस्तान २०१ अंकका साथ आठौं स्थानमा रहेका छन् ।