AArya
RUMPUM
animated ellipse animated ellipse

सृजना शाखा बराहमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७४, बुधबार २०:५५
3
Shares
विराटनगर, २० वैशाख÷ विगत १६ वर्षदेखि वित्तीय कारोबार गर्दै आएको सृजना फाइनान्स लिमिटेडले सुनसरीको बराह नगरपालिका महेन्द्रनगर चक्रघट्टीमा आफ्नो नयाँ शाखा कार्यालय बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।
सृजना फाईनान्सका सञ्चालक तथा लायन्सका डिष्ट्रीक गभर्नर लिला ढुंगेलले एक समारोहबीच बराह शाखाको समुद्घाटन गरेका थिए ।
पूर्वमा धरान, पश्चिममा उदयपुर, उत्तरमा धनकुटा, दक्षिणमा रामधुनी, भोक्राहा र कुशाहा रहेको बराह नगरपालिकामा ७७ हजार जनसंख्या छ ।
चारधाम मध्येको एक धाम मानिएको बराह क्षेत्र यसै नगरपालिकाभित्र पर्छ । प्रकाशपुर, कालाबञ्जर, चतरा, मधुबन, राजाबास, भरौल, बराहक्षेत्रलगायतका जनतालाई सरल र सहज बैंकिङ्ग सेवा दिन शाखा सञ्चालन गरेको ढुंगेलले बताए ।
सृजना फाईनान्सले शहरोन्मुख ग्रामीण क्षेत्रहरुका बजारहरुमा आफ्ना शाखाहरु क्रमिक रुपमा विस्तार गर्दै लैजाने योजना रहेको अध्यक्ष सुयस प्याकुरेलले बताए ।
मोरङको बिराटनगर, कञ्चनबारी, कर्सिया, रंगेली, सलकपुर, डाँगीहाट, सुनसरीको दुहबी सप्तरीको राजबिराज, भारदह, कञ्चनपुर, कल्याणपुर, सप्तकोशीमा शाखाहरु सञ्चालन गर्दै आएको सिर्जनाले अबको एक महिनाभित्र मोरङको पथरी, कटहरी, नेताचौक सुनसरीको ईनरुवा, हरिनगरा, लौकही र सप्तरीको बोदेबर्साइन तथा पातोमा शाखा सञ्चालनमा ल्याउने जनाएको छ ।
सृजनाले आफ्ना ग्राहकलाई एटिएम, मोबाईल बैंिकङ्ग, ईन्टरनेट बैंकिङ्गलगायत अत्याधुनिक बैंकिङ्ग सेवाहरु उपलव्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर