RUMPUM
animated ellipse animated ellipse

मानब खप्परसहित भारतीय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७४, मंगलवार २२:२८
3
Shares
झापा, १९ वैशाख / झापाको मेचीनगर नगरपालिका–६ भन्सार नाकाबाट प्रहरीले सोमबार राती मानव खप्परसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको दार्जिलिङ जिल्ला खोरीबारीथाना गौरसिंहजोर–६ का ६६ वर्षीय भगिरथ सिंहलाई १५ थान मानव खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय काकँडभिट्टा र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले भारतबाट नेपाल आउँदै गरेका सिंहलाई शंकालागी चेकजाँच गर्ने क्रममा सो खप्पर फेलापारी नियन्त्रणमा लिईएको हो । खप्परसहित पक्राउ परेका उनीउपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर