अन्तराष्ट्रिय मैथिल शिक्षाविदको सम्मेलन बिराटनगरमा हुने
खबर पूर्वाञ्चल
१५ बैशाख २०७४, शुक्रबार १६:५४
3
Shares
बिराटनगर, १५ बैशाख / दि इम्पल्स कोटा विराटनगरको आयोजक र सन्दिप युनिवर्सिटी महाराष्ट्र भारतको सहयोगमा अन्तराष्ट्रिय मैथिल शिक्षाविद २०१७ को सम्मेलन बिराटनगरमा हुने भएको छ ।
दि इम्पल्स कोटाले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको छ । दि इम्पल्स कोटा नेपालका सञ्चालक पवीणनारायण चौधरीले दहेज मुक्त मैथिली समाज भन्ने नाराका साथ अन्तराष्ट्रीय मैथिली सम्मेलन शनीबार विराटनगरमा हुने जानकारी गराए ।
अहिले नेपालमा पनि भारतीय भाषामा पढाईहुने स्कूल कलेज खुलिसकेका हुनाले तिनैलाई लक्षीत गरेर भारतको सन्दिप युनिवर्सिटीले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थीका लागि शिक्षामा यो अवसर दिन लागेको बताए ।
शनिबार एक दिने सम्मेलनमा नेपाल र भारतका मैथिल अभियान कर्ता शिक्षा बिद्ध पुर्व प्राध्यापकहरुको समेत सहभागिता रहने चौधरीले बताए ।
बिधार्थीहरुले चाहेको बिषयमा पढन पाउने बिषय छान्न पाउने अवसर यहीबाट उपलब्द गराउन लागिएको उनले बताए ।