RUMPUM
animated ellipse animated ellipse

साइनो मोरङको लिग च्याम्पीयन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०७४, बुधबार १९:१५
3
Shares
विराटनगर, १३ बैशाख / विराटनगरको साइनो स्पोर्टिङ क्लब मोरङको लिग च्याम्पीयन भएको छ ।
विराटनगरको दिल्ली पब्लिक स्कूलको खेल मैदानमा सम्पन्न ए डिभिजन लिग फुटबलको आज भएको फाइनल खेलमा हरैचा स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गदै साइनो स्पोर्टिङ क्लब जिल्ला लिग च्याम्पीयन भएको हो ।
साइनोको जितका लागि बुद्धिमान राइ र रवी राइले एक–एक गोल गरेका थिए । त्यस्तै हरैचाका ईश्वर खवासले एक गोल गरे ।
प्रतियोगितामा प्रथम भएको साइनोले २० हजार र द्वतिय हुने हरैचाले १० हजार पुरस्कार समेत प्राप्त गरेको छ । जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका १४ वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर