चर्काे शुल्क बृद्धि गरेको भन्दै संस्थागत विद्यालयमा ताला बन्दी
पूर्वाञ्चल खबर
१३ बैशाख २०७४, बुधबार १७:१५
3
Shares
बिनु तिम्सिना
विराटनगर, १३ बैशाख । चर्काे शुल्क बृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले आज विराटनगरका संस्थागत विद्यालयमा ताला बन्दी गरेका छन् ।
मनोमानी ढंगबाट विद्यालयको शुल्क बृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले विराटनगरका एक दर्जन संस्थागत विद्यालयको लेखा तथा प्रशासनमा ताला लगाएका हुन् । अखिल क्रान्तिकारी , नेविसंघ, अनेरास्वयू, अनेरास्ववियू क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले विराटनगरको सगरमाथा, विकेभिएम, एभरेष्ट, डिपीएस, सेन्जोसेफ, डिएभी, इडेन, युरोकिड्सलगायतका संस्थागत विद्यालयको लेखा शाखा तथा प्रशासनमा ताला लगाएका हुन् ।
विराटनगरका अधिकांश संस्थागत विद्यालयहरुले मनोमानी ढंगबाट शुल्क बृद्धि गरेको विद्यार्थी नेता जिसस न्यौपानेले बताए । शुल्क बृद्धि फिर्ता नलिएसम्म ताला नखोल्ने उनले बताए । विराटनगरस्थित डिपिएस बोर्डिङ स्कुलले वार्षिक शुल्क एकै पटक तिर्दा ८ प्रतिशत छुट दिएर कक्षा ५ को वार्षिक शुल्क ९२ हजार पाँच हजार लिएको बताए । डिपीएस स्कुल त नमुना मात्रै भएको बताउँदै उनले विराटनगरका कतिपय संस्थागत विद्यालयले शुल्क लिन सबै शिर्षक सकिएपछि एजुकेशन डेभलपमेन्ट शुल्क भनेर दुइ हजार देखि ३ हजार सम्म लिने गरेको समेत देखिएको बताए ।
विद्यालयहरुले आफ्नै मनले आफ्नो विद्यालयलाई क, ख गरी श्रेणि निर्धारण गर्ने र शुल्क बढाउने गरेको विद्यार्थी संगठनहरुको भनाइ छ ।