AArya
RUMPUM
animated ellipse animated ellipse

औलो दिवस मनाइयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७४, मंगलवार १२:४९
3
Shares
विराटनगर १२ बैशाख / विश्व औलो दिवसका अवसरमा मोरङमा विभिन्न जनचेतना मुलक कार्यक्रम भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको अगुवाईमा जिल्ला भर जनचेतना मूलक कार्यक्रम भएको हो । विभिन्न सन्देश मुलक व्यानर टागेर,माइकिङ र ¥यालीको आयोजना गरेर जनस्वास्थ्यले कार्यक्रम गरिरहेको छ ।
लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने औलो रोगीको संख्या पछिल्लो समय मोरङमा बढेको छ । गत वर्ष ५ जना औलो रोगी रहेको मोरङमा यसपटक ७ जना पुगेका छन् । मोरङका तीन गाविस औलो रोगवाट प्रभावित छन् । जिल्लाका मधुमल्ला,कोशिहरैचा,बेलवारीमा यो रोग देखा परेको छ ।
आज विराटनगरमा भएको एक कार्यक्रममा वीच जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमूख चन्द्रदेव मेहताले जिल्लामा ७ जना औलो रोगी रहेको र ती क्षेत्रको पहिचान गरी निगरानी गरिएको जानकारी दिए । यसै गरी जनस्वास्थ्यका बरिष्ठ अधिकृत मो.वासिलले औलोले महामारी छिटो फैलिएर धेरैजनाको ज्यान जान सक्ने भएकाले शंका लाग्ने बित्तिकै उपचार गराउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर