RUMPUM
animated ellipse animated ellipse

कानेपोखरीमा भएको बस दुर्घटनामा एकको मृत्यू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७४, सोमबार २०:५६
3
Shares
गोपाल काफ्ले
पथरी, ११ बैशाख / पुर्व पश्चिमको महेन्द्र राजमार्गको कानेपोखरीमा बसको दुर्घटनामा परी एकको मृत्यू भएको छ ।
झापाको काकडभित्ताबाट यात्रुलिएर बिराटनगर तर्फ जादै गरेको को १ ख ४९८८ नं को यात्रुवाहक बस मोरङको कानेपोखरी बाट ५०० मिटर पश्चिम चिसाङ पुल नजिक दुर्घटना हुदा बसका सहचालकको मृत्यु भएको हो ।
त्यस्तै १० जना यात्रुहरू घाइते भएका छन । घाईतेहरुमा लेटाङ नगरपालिका निवासी सनि बहादुर तामाङ,प्रेम बहादुर तामाङ, बिर्ख बहादुर तामाङ, भोजपुर निवासी संयोग साप्कोटा, बिनोद साप्कोटा, बयरबन निवासी रसिका सुबेदी, हर्क माया सुबेदी, हिमाल सुबेदी, झापाका प्रतिमा गिरी, खोरसाने मोरङकी लिलामाया मिश्रको पथरी अस्पतालमा उपचार भइरहेकोे छ ।
इलाका प्रहरी कार्यलय पथरीले दिएको जानकारी अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा बसका सहचालक रहेका छन । उनको बिवरण खुल्न सकेको छैन मृतकको शव मोरङको मंगलबारे अस्पतालमा राखिएको छ ।
बस तिब्र गतिमा भएकाले अनियन्त्रीत भई दुर्घटना भएको हुन्न सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर