CLASSICTECH NET

पथरीमा बन दशक

खबर पूर्वाञ्चल, १० बैशाख २०७४, आईतवार २१:१३
गोपाल काफ्ले
पथरी, १० वैशाख / वन दशक कार्यक्रम अन्तरगत मोरङको पथरीशनिश्चरे नगरपालिकामा एक नगर एक उद्यान कार्यक्रम लागु हुने भएको छ । पथरीशनिश्चरेस्थित सिरिजंगा स्मिृति धार्मिक वनको कम्पाउण्डमा उद्यान निर्माणार्थ क्षेत्रिय वन निर्देशक राजेन्द्र काफ्लेले शिलान्यस गरेका थिए ।
क्षेत्रीय वन निर्देशक काफ्लेले हरियाली कायम राख्न र हरियाली बढाएर कार्वन उत्सर्जन कटौती गर्न नगर उद्यान स्थापना गर्न लागिएको जानकारी दिए । निर्देशक काफ्लेले वन क्षेत्रको विकास र हरियाली बढाएर कार्वन उत्सर्जन कटौती गर्न नगर उद्यान स्थापना गर्न लागिएको बताए ।
उक्त उद्यान निर्माणका लागि जिल्ला वन कार्यालय मार्फत वन तथा भू संरक्षण मन्त्रालयको रु. ८ लाख, पथरीनिश्चरे नगरपालिकाको तर्फबाट रु. २ लाख र सिरिजंगा स्मृति धार्मिक वनको तर्फबाट जनश्रमदान रु. २ लाखको गरी जम्मा १२ लाख लागत रहेको छ ।
एक गाउँ एक वन, एक घर एक रुख, एक नगर अनेक उद्यान र निजी वन विकास लागि भन्दै वन मन्त्रालय अन्र्तगत उद्यान स्थापना गर्न लागिएको हो । यसैगरी, उक्त वन क्षेत्रमा सिमसार संरक्षणका साथै पर्यटक आकर्षण गर्न पोखरी निर्माण कार्य समेत जारी रहेको छ ।
उक्त पोखरी निर्माणका लागि जिल्ला भू–संरक्षण कार्यालयबाट ८ लाख रुपैयाँ र वन तथा भू–संरक्षण मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भएको सिरिजंगा स्मृति धार्मिक वनका अध्यक्ष गंगा साँवाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५