विनु तिम्सिना
विराटनगर, ९ वैशाख /वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकामा मेयर र उपमेयर सहित १६ वटा वडाका उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टी कार्यालय तीन पैनीमा आज आयोजित उम्मेद्वार घोषणा कार्यक्रममा १६ वटा वडाका अध्यक्ष तथा सदस्यहरुको नाम सार्वजनिक गरेको हो । अन्य ३ वटा वडाको पनि आइतबारसम्ममा उम्मेदवारको टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ ।
यसअघि नै माओवादी केन्द्रले मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेको टुंगो लगाइसकेको थियो । विराटनगर उपमहानगरपालिकाका इन्चार्ज यादव महेन्द्र मोरङ क्याम्पसको विद्यार्थी राजनीतिदेखि नै कम्युनिष्ट पार्टीमा आवद्ध भएका हुन् ।
तत्कालिन एकता केन्द्र मसालबाट पहिलो संविधानसभा निर्वाचन पछि एकता प्रक्रियामा आएका यादव इमान्दार नेताको रुपमा परिचित छन् । यस्तै उपमेयरकी उम्मेद्वार नमिता न्यौपाने पोखरेल शान्ति प्रक्रियासँगसँगै माओवादीको राजनीतिमा समाहित भएकी हुन् । न्यौपान विद्यार्थी जिवनमा एमाले अखिलकी जुझारु लोकप्रिय नेतृ थिइन् । पछि तत्काली माओवादीमा प्रवेश गरी राजनितीमा नयाँ अध्याय शुरु गरेकी हुन् । संघर्षशील र जुझारु महिला नेतृ भएकै कारण यसअघि देखि नै उनी लोकप्रिय नेतृको रुपमा स्थापित भएकी छिन् ।
माओवादी केन्द्रले विराटनगरको ४, १०, १४ र १५ नम्बर वडाको उम्मेदवारी टुंग्याउन बाँकी रहेको छ । वडा नं. ४ मा अध्यक्षमा मात उमेद्रवार घोषणा गरेको छ ।
कार्यक्रमको घोषणासभामा बोल्दै नगरका मेयरका उमेद्वार भोगेन्द्र यादवले समग्र राजनीतिक आन्दोलनको अगुवाई माओवादीले गर्दै आएको कारण जित पनि माओवादीकै हुने दाबी गरे । आफूहरुलाई हार्ने छुट नभएको भन्दै यादवले पार्टी एकताबद्ध भए जित सुनिश्चित हुने बताए ।
उपमेयरकी उम्मेद्वार नमिता न्यौपानेले विराटनगरमा परम्परादेखि जमाउँदै आएका भनिएका पुराना पार्टीलाई यस पटक धक्का दिने बताइन् । ‘हामीले जितेर देखाउँछौं, हामी कमजोर छैनौं,’ न्यौपानेले भनिन्, ‘सुकुम्बासी, दलित, महिला, आदिवासी जनजाति, मधेशीलगायत उत्पीडित समुदायको साथ हामीलाई छ ।’
यस्तै माओवादी केन्द्रले तिा वटा वडाको नेतृत्व महिलाले गर्ने भएक छन् । वडा नम्बर ३ मा सुशीलादेवी भट्टराई घिमिरे, वडा नम्बर ५ मा अम्बिका पराजुली, वडा नं. ८ मा सरस्वती ओझा वडा अध्यक्षका उम्मेदवार बन्ने भएका हुन् ।
यस्तै दुइ वटा वडामा दलितले नेतृत्व गर्नेछन् । जसमा वडा नम्बर २ मा विजयकुमार साही पुर्कुटी र वडा नम्बर १९ मा काशी ऋषिदेव रहेका छन् भने वडा नम्बर १७ मा मुस्लिमको नेतृत्व रहेको छ । जसमा मोहम्मद मुन्ना मियाँ जावेद अध्यक्षका उम्मेदवार बनेका छन् ।
विराटनगर उपमहानगरपालिकामा माओवादी केन्द्रबाट टुंगो लगाइएको उम्मेद्वारको नामावली ः–
मेयर-भोगेन्द्र यादव
उपमेयर-नमिता न्यौपाने
वडा नं. १
इश्वर खतिवडा (अध्यक्ष)
सरस्वती पोद्धार (महिला सदस्य)
सनचरी पासवान (दलित सदस्य)
पुण्य साह (खुल्ला सदस्य)
नेत्र प्रसाद निरौला (खुल्ला सदस्य)
वडा नं. २
विजयकुमार साही पुर्कुटी (अध्यक्ष)
जयमाला पोद्धार (महिला सदस्य)
सोसिला कुमारी मोची (दलित सदस्य)
सारदा प्रसाद गिरी (खुल्ला सदस्य)
फौदार दास (खुल्ला सदस्य)
वडा नं. ३
सुशीलादेवी भट्टराई घिमिरे (अध्यक्ष)
कल्पना पोखरेल (महिला सदस्य)
लक्ष्मीदेवी वि.क. (दलित सदस्य)
अप्सरा निरौला (खुल्ला सदस्य)
हिरादेवी घिमिरे रेग्मी (खुल्ला सदस्य)
वडा नं. ५
अम्बिका पराजुली (अध्यक्ष)
राधिका घिमिरे (महिला सदस्य)
ललिता देवी पासवान (दलित सदस्य)
सर्युग मण्डल (खुल्ला सदस्य)
राजु केवट (खुल्ला सदस्य)
वडा नं. ६
विजय कामत (अध्यक्ष)
चम्पा खत्रि (महिला सदस्य)
सुशीला पासवान (दलित सदस्य)
सन्तोष बहादुर साह (खुल्ला सदस्य)
होजी अहम्मद अन्सारी (खुल्ला सदस्य)
वडा नं. ७
शिवकुमार कार्की (अध्यक्ष)
दुर्गा बि.क. (दलित सदस्य)
संजय कुमार धाडेवा (खुल्ला सदस्य)
बैजुनाथ कामत (खुल्ला सदस्य)
वडा नं. ८
सरस्वती ओझा (अध्यक्ष)
सुशीला कामत (महिला सदस्य)
धनकुमारी गजमेर (दलित सदस्य)
नवराज पोखरेल (खुल्ला सदस्य)
मोहम्मद सदाय हुसेन (खुल्ला सदस्य)
वडा नं. ९
टीका गुरुङ (अध्यक्ष)
बन्दना थापा मिश्र (महिला सदस्य)
नविन हुसेन (खुल्ला सदस्य)
राजकुमार शर्मा (खुल्ला सदस्य)
वडा नं. १०
सुकुमार मण्डल (अध्यक्ष)
वडा नं. ११
विनोद साह (अध्यक्ष)
सीतादेवी साह (महिला सदस्य)
रोशन राज राना (खुल्ला सदस्य)
उमेश सहनी (खुल्ला सदस्य)
वडा नं. १२
विष्णुकुमार कामत (अध्यक्ष)
रविना घतानी (दलित सदस्य)
अमिरलाल राजवंशी (खुल्ला सदस्य)
बलिराम ऋषिदेव (खुल्ला सदस्य)
वडा नं. १३
रामचन्द्र महतो (अध्यक्ष)
मिनाकुमारी यादव (महिला सदस्य)
सन्तोष तामाङ (खुल्ला सदस्य)
सुरेन शाह (खुल्ला सदस्य)
वडा नं. १६
गोपाल यादव (अध्यक्ष)
अन्जुदेवी मण्डल (महिला सदस्य)
फूलदेवी पासवान (दलित सदस्य)
विक्रम माझी (खुल्ला सदस्य)
प्रदीप लामा (खुल्ला सदस्य)
वडा नं. १७
मोहम्मद मुन्ना मिया जावेद (अध्यक्ष)
मोहम्मद रहु मिया (खुल्ला सदस्य)
मोहम्मद नजाम मिया (खुल्ला सदस्य)
वडा नं. १८
भवनेश्वर यादव (अध्यक्ष)
भारतीदेवी मण्डल (महिला सदस्य)
दुनियादेवी ऋषिदेव (दलित सदस्य)
आनन्दी मण्डल (खुल्ला सदस्य)
राजेन्द्र मण्डल (खुल्ला सदस्य)
वडा नं. १९
काशी ऋषिदेव (अध्यक्ष)
सुरजी ऋषिदेव (महिला सदस्य)
सोमादेवी ऋषिदेव (दलित सदस्य)
राकेश मण्डल (खुल्ला सदस्य)
रमेश चौधरी (खुल्ला सदस्य)