विराटनगर, ८ बैशाख / वरिष्ठ समाजसेवी शिवदत्त उपाध्याय भट्टराईलाई आज विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।
स्वतन्त्र सेनानी, सनातन वैदिक धर्म संस्कृतिका अभियन्ता , शिक्षासेवा, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा पु–याएको योगदानका उच्च मूल्याङकन गर्दै विराटनगरवासीका तर्फबाट उनलाई अभिनन्दन गरिएको हो । नागरिक अभिनन्दन समारोह समिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा सांसद अशोक कोइराला, नागरिक अभिनन्दन समारोह समिति विराटनगरका अध्यक्ष भिखमचन्द सरल, स्वामी अच्युतप्रपन्नाचार्यलगायतले उनलाई अभिनन्दन गरेका थिए ।
यस्तै उनलाई मारवाडी सेवा समिति,श्री १००८ वासुकीनाथ धाम,नेपाल भारत मैत्रीसंघ,मारवाडी सेवा सदन, मकालु टिभी, चेतना संरक्षण प्रतिष्ठान नेपाल, टिभी नेट प्रालिलगायतका ५० वटा भन्दा बढी संघसंस्थाले अभिनन्दीत गरेका थिए ।
यसअघि उनले गोरखा दक्षिणबाहु, एम्बेस्डर फर पिस,आवाल व्रह्रमचारी षडानन्द प्रतिष्ठान विराटनगर,मारवाडी सेवा समिति विराटनगर,नेपाल रेडक्रस पदक, अष्टचिरञ्जीवी मन्दिर विराटनगरद्धारा सम्मानित भैसकेको प्राज्ञ दधिराज सुवेदीले जानकारी दिए ।