खबर पूर्वाञ्चल
७ बैशाख २०७४, बिहीबार १८:२३
विराटनगर, ७ बैशाख /बहुविवाह गर्ने एक जोडिलाई जिल्ला अदालत मोरङले आज जनही एक बर्षको कैद फैसला सुनाएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधिस पुष्पराज थपलियाको एकल इजलासले मोरङ डाँगिहाटका ५ का २७ बर्षिय भिमबहादुर बस्नेत र १८ बर्षिया पुजा थापा बस्नेतलाई एक एक बर्षको कैद सजाय साथै पाँच पाँच हजार रुपैया क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए ।
भिमले गत पुस १७ गते पुजासँग दोस्रो विवाह गरेपछि उनकी श्रीमती हिमा भुजेलले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले पुस २३ गते उनिहरु दुबैलाई नियन्त्रणमा लिएर माघ ६ गते जिल्ला अदालत मोरङमा मुद्धा दर्ता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?