AArya
RUMPUM
animated ellipse animated ellipse

मोर्चाले आज विराटनगरमा लाठी तथा सिट्टी जुलुस प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७४, बिहीबार १७:५६
3
Shares
तस्वीर- मुकेश यादव
विराटनगर, ७ बैशाख / संविधान संसोधन नगरी निर्वाचनमा जान लागेको विषयमा विरोधमा उत्रिएको संयुत्त मधेशी मोर्चाले आज विराटनगरमा लाठी तथा सिट्टी जुलुस प्रदर्शन गरको छ ।
स्थानिय संसारीमाइस्थानबाट शुरु भएको जुलुसले ट्राफिकचोक,बुधहाटचोक,काली मन्दिर जलजला चोक सहित धरानरोडका विभिन्न भागको परिक्रमा गर्दै बुधहाटचोकस्थित बी प्लटमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
कोणसभालाई संवोधन गर्दै मोर्चाका मोरङ संयोजक राजकुमार यादव, मोर्चा आबद्ध नेताहरु मोहम्मद कादिर,राधे कामत,मोहम्मद नसरुल र मालबाबु सहनी लगायतका नेताहरुले संबिधान संशोधन अघि कुनैपनि निर्वाचन हुन नसक्ने दाबी गरे ।
त्यसैगरी मोर्चाका स्थानिय नेताहरुले गएको ५ गते विराटनगरमा आयोजना गरिएको शान्तिपुर्ण मसाल जुलुसमा प्रहरीले दमन गर्दै आफ्ना तीन जना नेता तथा कार्यकर्तालाई मरनासन्न हुने गरि कुटपीट गरेको भन्दै घटनामा संलग्म प्रहरीलाई कारवाही र पिडितलाई क्षतिपुर्ति दिन माग गरेका थिए । सो बिषयमा सदभावाना पार्टीले आज विज्ञप्ति निकाल्दै घटनाको भत्र्सना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर