RUMPUM
animated ellipse animated ellipse

ट्रयाक्टरबाट लडेर एक जनाको मृत्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ बैशाख २०७४, मंगलवार २०:१८
3
Shares
रबिन्द्र बराल
रंगेली ५ बैशाख / मोरङको धनपाल गाउँपालिका ९ स्थित नेपाल स्टार इट्टा भट्टा उधोगमा ट्याक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ ।
को १ त ६७९७ नम्बरको ट्याक्टरमा इट्टा लोड गरी ट्याक्टरको डाला लगाउने क्रममा सोही ट्रयाक्टरमा कार्यरत सह–चालक तेतरिया–१ निवासी १६ बर्षीय दिपककुमार केवरत लडेर घाईते भएका थिए । घाइते केवरतलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको रंगेली प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानकोलागी ट्रयाक्टर चालक र ट्रयाक्टर ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर