खबर पूर्वाञ्चल
५ बैशाख २०७४, मंगलवार १७:०६
विराटनगर, ५ बेशाख/ संघिय संरचनामा आम सञ्चार नीतिलाई व्यावहारिक बनाउन सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय आम सञ्चार नीति कार्यान्यनको सन्धर्वमा मंगलवार विराटनगरमा आयोजित ‘संघिय संरचना र आम सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आम सञ्चार नीतिलाई व्यावहकारिक बनाउनमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै प्रशासकिन अदालतका अध्यक्ष काशीराज दाहालले पत्रकार र आम सञ्चार माध्ययमहरुलाई प्रभावकारी बनाउने गरी ऐन आउन लागेको बताए । ऐन निर्माणकालागि सबै क्षेत्रमा सुझाव संकलन थालिएको उनले बताए । उनका अनुसार नया आम सञ्चार सम्बन्धि ऐनले सञ्चार संस्थालाई पनि उद्योगको मान्यता दिइएको छ । सञ्चार माध्ययममा हुने एकाधिकारको अन्त्य गर्दै सञ्चार क्षेत्रमा बैदेशिक लगानिलाई पनि रोक्ने गरी तयारी गरिएको छ ।
सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले नया नीतिले सवै क्षेत्रलाई समेटने जानकारी दिए । अहिले आमा सञ्चार नीतिमा भएको व्यावस्थाहरुलाई समेटदै संघिय संरचना अनुसार ऐन निर्माण हुने बताए । कार्यक्रममा पत्रकारहरुले नीति निर्माण गर्दा पत्रकारको व्यावसायीक सुरक्षामा ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?