AArya
RUMPUM
animated ellipse animated ellipse

आगलागी पीडितलाई राहत बितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७४, सोमबार २०:१०
3
Shares
उर्लाबारी, ४ बैशाख / उर्लाबारी –४ को बिशाल टोलमा गएराती भएको आगलागीबाट पीडित तीन परिवारलाई आज राहत बितरण गरिएको छ ।
पीडित परिवारलाई आपतकालीन राहत स्वरुप उर्लाबारी नगरपालिका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चम्लागाई, लेखा अधिकृत गोबिन्द कार्की र बालकुमार बरालले करिब २८ हजार बराबरको लत्ता कपडा बितरण गरेका छन् ।
यस्तै उर्लाबारी–४ को खोर्सानीवारि युवा समुहले २७ हजार बराबरको लत्ता कपडा र अन्य राहतका सामग्री बितरण गरिएको समुहका कृष्णप्रसाद घिमिरेले जानकारी दिए । बिशाल टोलवासीले समेत करिब ३२ हजार बराबरको लत्ता कपडा ,भाडाकुडासहितको सामग्री पीडितलाई हस्तान्तरण गरिएको स्थानीय भक्त बिकले जानकारी दिए ।
गएराती भएको आगलागीबाट धनबहादुर धिमाल ,फुलमाया बिक र बिक्रम बिकको घर र सम्पुर्ण सामग्री सहित करिब ३४ लाख बराबरको धनमाल जलेर पुर्ण रुपमा नस्ट भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर