खबर पूर्वाञ्चल
३ बैशाख २०७४, आईतवार १८:५६
विराटनगर, ३ बैशाख / संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा घेराउ गरेका छन् ।
स्थानीय चुनाव रोक्न दबाब दिने उद्देश्यले आज तराइका क्षेत्रमा मोर्चाले निर्वाचन कार्यालय घेराऊ गरेको हो । मोर्चाका जिल्ला नेताहरुले १० बजे देखि दिउँसो २ बजेसम्म कार्यालय घेराउ गरेका छन् । मोर्चाका नेता तथा कार्यकर्ताहले संविधान शंसोधन नगरी तय गरिएको स्थानिय तहको निर्वाचन धोका भएको भन्दै निर्वाचन कार्यालयमा धोका दिएको मोर्चाका मोरङ जिल्ला संयोजक राजकुमार यादवले बताए ।
मोर्चाले कार्यालयको मुख्य गेटमा धर्ना दिएपछि कार्यालयको कामकाज आंशीक रुपमा प्रभावित भएको छ । मधेशी मोर्चाले निर्वाचन आयोगको काममा व्यवधान गर्ने र मतदानलाई प्रभावमा पार्ने गरी आम हड्ताल लगायतका कार्यक्रमहरु तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?