विराटनगर,३ बैशाख /जागरण महिला समुह विराटनगरले दुई दिने क्षमता अभिवृद्धि तालिमको आयाजना गरेको छ ।
विराटनगर उपमहानगरपालिकाको सहयोगमा आइतवारदेखि सुरु तालिममा ३० जना महिलाहरु सहभागि रहेको समुहकी अध्यक्ष सुनिता देवकोटाले जानकारी दिइन । तालिमको अभिवक्ता जगत थापा र डा. शिवमाया तुम्बाहाम्फेले सहजीकरण गर्नेछन् ।
थापाले महिलाका विषयमा कानुनी अवस्था र तुम्बाहाम्फेले महिला अधिकारका विषयमा सहजीकरण गर्ने देवकोटाले जानकारी दिइन । जागरण महिला समुहले तीन बर्षयता निरन्तर रुपमा नेतृत्व विकास तालिमको आयोजना गरिरहेको छ ।