RUMPUM
animated ellipse animated ellipse

मोरङका सात पत्रकार चुनावी मैदानमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ बैशाख २०७४, शनिबार २०:०१
3
Shares
विराटनगर, २ वैशाख / आउँदो वैशाख ३१ गते हुने स्थानिय निकायको निर्वाचनमा मोरङबाट सात जना पत्रकार निर्वाचनमा भिड्ने भएका छन् ।
नेपाल पत्रकार महासंघको निर्वतमान अध्यक्ष महेन्द्र विष्ट, निर्वतमान सचिब नवराज कट्टेल, पूर्व सचिव गोकुल पराजुली, अप्सरा निरौला, किसान साही, किशोर बस्नेतसहित पत्रकार स्थानीय तहको निर्वाचनमा भिड्दैछन् ।
विष्टले मोरङको पथरीशनिश्चरे नगरपालिका वार्ड नम्बर ५ को वडा अध्यक्षको उमेदवारमा नेकपा एमालेले सर्वसम्मत रुपमा सिफारिस गरेको छ । विष्ट केन्द्रीय पार्षदमा निर्वाचित पत्रकार पनि हुन ।
त्यस्तै मोरङकै कट्टेल इलामको रोङ गाउँपालिकाको अध्यक्षको उमेदवार बन्न विराटनगरबाट त्यसतर्फ लागेका छन ।
कट्टेल शान्ति प्रक्रिया सुरु भएपछि विराटनगरमा पत्रकारितामा क्रियाशील थिए । उनी प्रेस सेन्टरका केन्द्रीय सदस्य पनि हुन । महासंघ मोरङकै निवर्तमान कार्यसमिति सदस्य किशोर बस्नेतलाई नेकपा एमालेले विराटनगर–१ बाट वडा अध्यक्षको उमेदवारको रुपमा सिफारिस गरेको छ ।
त्यस्तै प्रेस सेन्टरका जिल्ला अध्यक्ष तथा निर्वाचित पार्षद गोकुल पराजुली विराटनगर– ४ बाट माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्दै छन् । पराजुलीले अफ्नो उम्मेदवारी केही दिनमै टुंगो लाग्ने बताए ।
त्यस्तै पत्रकार महासंघका साधारण सदस्य अप्सरा निरौला मओवादी केन्द्रको तर्फबाट विराटनगर–३ मा खुल्ला सदस्यमा उम्मेदवार बन्दै छिन् । उनी प्रेस सेन्टरकी केन्द्रीय सदस्य हुन । माओवादी केन्द्रबाटनै केराबारी गाउँपालिका १० मा पत्रकार किशन शाही र केराबारी ९ मा भक्तशेर लिम्बू वडा अध्यक्षका रुपमा आकांक्षी देखिएकोमा शाही भने उमेद्वारको टुंगो लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर