खबर पूर्वाञ्चल
२ बैशाख २०७४, शनिबार १५:४५
उर्लाबारी, २ बेशाख / उर्लाबारी वार्ड नम्बर ३ मा वडा अध्यक्षमा एमालेबाट मित्र ढकालको नाम चर्चामा आएको छ । पार्टी तथा स्थानीय स्तरममा लोकप्रिय रहेका ढकाललाई वडा अध्यक्षको टिकट दिनु पर्ने एमालेका स्थानीय नेताहरुले बताए ।
वडा नागरिक मञ्चका अध्यक्ष समेत रहेका ढकाल सबै पार्टीका नेता÷कार्यकर्ताहरुको भावनालाई समेटेर लैजान सक्छन् ।
विभिन्न संघसंस्थामा रहेर सामाजिक गतिविधिहरुमा संलग्न हुदै आएका ढकाल अस्थायी प्रहरी चौकी मंगलबारे भवन निर्माण उपभोक्ता समितिका संयोजक, सुनपकुवा साकोसका पूर्व कार्यसमिति सदस्य रहिसकेका छन् ।
उनी सालबारी सामुदायिक वनका पूर्व अध्यक्ष एवं लामपाते सीमसार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका ढकाल विद्यार्थी अवस्थाबाटै एमाले राजनीतिमा सक्रिय रहदै आएका छन् ।
पार्टी राजनीतिमा पनि ढकालले लामो इतिहास छ । २०३५ सालदेखि एमालेको राजनीतिमा आबद्ध उनी २०४६ सालमा एमाले शनिश्चरे गाँउ कमिटी सचिव,२०४८ सालमा पथरी इलाका कमिटी सदस्य,उर्लाबारी गाँउ कमिटी सचिव भएर काम गरेका छन् । युवा परिचालनमा खप्पिस उनी युवा संघ मोरंग जिल्ला कमिटीमा दुई कार्यकाल जिल्ला सदस्य पदको भूमिका निर्वाह गरेका थिए ।
हाल एमाले वडा अध्यक्षहरुको नाम सिफारिस गर्नेहरु मध्ये उनी शक्तिशाली रहेको बुझिन्छ । पार्टीले वडा अध्यक्षको टिकट दिए आप्mनो पहिलो प्राथमिकता विकास निर्माण,शिक्षा,स्वास्थ्य,रोजगार अनि युवा क्षेत्रमा रहने उनले बताएका छन् । यो वडामा एमालेको बलियो उपस्थिती रहेको बताइन्छ । ढकालले चुनाव जितेको खण्डमा पहिलो चरणमा जनभावनालाई कदर गरी अगाडि बढ्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?