AArya
RUMPUM
animated ellipse animated ellipse

विराटचोकमा मिनि म्याराथन दौड हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ चैत्र २०७३, बिहीबार १७:००
3
Shares
विराटचोक, ३१ चैत / सामाजिक सञ्जाल फेसबुकमा आवद्ध विराटचोक क्षेत्रमा बसोवास गर्दै आएका युवाहरुले नयाँ बर्षको उपलक्ष्यमा लागु औषध दुब्र्यसन विरुद्ध मिनि म्याराथन दौड प्रतियोगिता गर्ने भएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत लागु औषध विरुद्धको अभियानमा सक्रिय रहेका १ लाख बढि युवाहरुको समूह मेन्स रुम रिलोडेड र २८ हजार बढि किशोरीहरुको समूह वुमन्स रुम रिलोडेडको सहकार्यमा लागु औषध विरुद्ध यहि बैशाख २ गते मिनि म्याराथन दौड प्रतियोगिता हुन लागेको हो ।
मोरङको सुन्दरहरैचाको विराटचोकदेखि बेलवारीसम्मको ३ किलोमिटर दौडको दुरी आयोजना गरिएको छ । प्रतियोगितामा पुरुषहरुले ८ किलोमिटर र किशोरीहरुले ४ किलोमिटर दौड पुरा गर्ने योजना रहेको कार्यक्रम संयोजक एमएमआरका खेमराज दाहालले बताए ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार दोस्रो हुनेले ५ हजार तेस्रो हुनेले ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १ हजार नगद पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर