विराटनगर, ३० चैत / विराटनगर पुष्पलालचोक घर भएकी एक युवतीले आत्महत्या गरेकी छन् । २० वर्षीया पूर्णिमा काफ्लेले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
महेन्द्र मोरङ क्याम्पसमा बिबिए तेस्रो बर्षमा अध्ययन गरिरहेकी पूर्णिमा मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
स्थानीयका अनुसार उनी झुन्डिएको कोठाबाट ‘सुसाइड नोट’समेत फेला परेको छ । उक्त सुसाइड नोटमा उनले ‘आफूले आफूखशसी आत्महत्या गरेको’ व्यहोरा उल्लेख घरेको प्रहरीले बताएको छ ।
मृतक पूर्णिमाका बुबाले दोस्रो बिहे गरेको र उनी हाल भारतमा रहेको बुझिएको छ । पूर्णिमा घरमा आफ्नी आमासँग बस्दै आएकी थिइन् ।
पूर्णिमाले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ ।
मृतक पूर्णिमाले प्लस टुसम्मको अध्ययन विराटनगरमा रहेको शिक्षादिप कलेजबाट २०७० सालमा गरेकी थिइन् । उनी यस कलेजकी उत्कृष्ट छात्रा रहेकी शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए । उनको आत्महत्याको कुरा सनेर हामी सवै स्तम भएका छौ प्रिन्सिपल खडकाले भने ।