बिराटनगर, २९ चैत्र / आगामी बैशाख ३१ गते हुन गई रहेको स्थानीय तह निर्वाचनमा खटिने प्रहरीकालागी निर्वाचन सुरक्षा विषयक दुई दिने प्रशिक्षण आजबाट विराटनगरमा सुरु भएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा क्षेत्रीय प्रहरी तालिम केन्द्रको सभाहलमा प्रशिक्षण सुरु भएको हो ।
दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा पूर्वाञ्चलका बिभिन्न कार्यालयहरुमा कार्यरत ४४ जना प्रहरी अधिकृतहरु सहभागी रहेका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक बिध्यानन्द माझीले उद्घाटन गर्दै बैशाख ३१ हुन गई रहेको स्थानीय तहको निर्वाचनलाई भयरहित र शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशिक्षणलाभदायक हुने कुरामा आफू बिश्वस्त रहेको बताए ।
तालिम पश्चात सहभागीहरुले आ–आफ्नो कार्यालय तथा मातहतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई सोही अनुसार प्रशिक्षण दिने लक्ष्य रहेको समेत प्रहरी उपरीक्षक माझीले बताए ।