विराटनगर, २६ चैत / मोरङको झाराहाट– २ मा रहेको जनक मेमोरियल सेकेण्डरी बोर्डिङ स्कूलले प्रथम रजत महोत्सव मनाएको छ ।
आज स्कूल परिसरमा एक भव्य समारोह आयोजना गरी महोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रध्यापक डा. खगेन्द्र आचार्यले लामो इतिहास बोकेको यस स्कूलले आगमी दिनमा यसरी नै गुणस्तरीय शिक्षा प्रदान गरी सबैको अभिभावकको मन जित्नु पर्ने बताए । विद्या भनेको विद्यालयको भविष्य बनाउने ठाउँ भएको हुनाले गुणस्तरीय शिक्षा नै पहिलो प्राथामिकता भएको हुनाले यसलाई अविलम्बन गर्दै अगाडी बढन स्कूललाई प्रध्यापक आचार्यले आग्रह गरे ।
त्यस्तै प्याब्सनको केन्द्रीय सल्लाकार टिकारम पुरीले सरकारीको नितीको कारण निजी विद्यालय धरासयही बन्दै गएको अवस्थमा यस जनक मेमोरियल स्कूलले २५ वर्षमा प्रवेश गर्नु भनेकै सफलताको खुड्किलो पार गरेको बताए । उनले शिक्षा जस्तो पवित्र मनायसले खोलिएको यस स्कूलले गुणस्तरीय शिक्षा प्रदान गरी यसरी नै आउँदो दिनहरुमा अभिभावकको मन जित्नु पर्ने बताए ।
स्कूललको रजत महोत्सवमा कक्षा नर्सरी देखि दश कक्षासम्म विद्यार्थीहरुले साँस्कृति झल्किने नृत्यदेखि गीत, कविता प्रस्तुत गरेका थिए । त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक पहिरन लगाएर प्रस्तुत गरिएको फेशन शोले सबै अभिभावकको रोजाईको केन्द्र बन्यो ।
त्यस्तै २०७२ सालको एस.एल.सी परीक्षामा ‘ए’ प्लस ल्याउने चार जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यार्थीहरुमा भिम लुइँटेल, यज्ञराज माझी, प्रशंसा लुइँटेल र प्रभात चौधरी रहेका छन् । उनीहरुलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँसहित सम्मान पत्रले स्कूलले सम्मान गरेको थियो ।
स्कूलले ग्रामथान गाउँपाकिका सबैभन्दा वृद्ध जेष्ठ नागरीकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा स्कूलको सञ्चालक तथा प्रिन्सिपलहरुको उल्लेखिय उपस्थिीति रहेको थियो ।