ग्रायाजुयसन गर्ने विद्यार्थीलाई उष्टउडले सम्मान ग¥र्यो
पूर्वाञ्चल खबर
२६ चैत्र २०७३, शनिबार १८:०१
3
Shares
विराटनगर, २६ चैत / विराटनगरको मधुमारामा रहेको उष्टउड इन्टरनेशनल स्कूलले ‘ग्रायाजुयसन’ गर्ने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ ।
स्कूल परिसरमा आज १० औं ग्रायाजुसन तथा किड्स ट्यालेन्ट कार्यक्रम आयोजना गरी ग्रायाजुसन गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो ।
उष्टउड इन्टरनेशनल स्कूलबाट मन्टेश्वरी किन्डर गाडेन लेवल पार गरी एलेमेन्ट्री लेवल प्रवेश गर्ने साना विद्यार्थीहरुलाई स्कूलले सम्मान गरेको हो । उनीहरुलाई स्कूलका प्रिन्सिपल ईशा कटुवाल तथा कार्यक्रमको प्रमुख अतिथि प्याब्सन मोरङको बरिष्ठ उपाध्यक्ष सुनिल पौडेलले सम्मान गरेका थिए ।
सोही अवसरमा ‘टिचर अफ दी इयर’ हुने दुई जना शिकक्षीकालाई स्कूलले सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा नुतन दाहाल कार्की र स्वीटी साह रहेकी थिइन् । त्यस्तै गीत संगीतको माध्यबाट यस क्षेत्रमा उल्लेखिय योगदान पु¥याउने दुई जना गायकलाई पनि स्कूलले सम्मान ग¥र्यो । जसमा गायक सुमन श्रेष्ठ र दिपेन थापा मगरलाई प्रिन्सिपल कटुवालले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
त्यस्तै स्कूलमा अध्ययरत विद्यार्थीहरुले आफुमा भएको प्रतिभा समेत प्रस्तुत गरेका थिए । उनीहरुले गीत, नृत्य, साँस्कृतिक झल्किने पहिरन लगाएर ¥याम्पमा समेत हिडेर सहभागि अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरे ।
कार्यक्रममा निजी स्कूलका सञ्चालक तथा प्रिन्सिपलहरुको उल्लेखिय मात्रमा सहभागिता रहेको थियो ।