AArya
RUMPUM
animated ellipse animated ellipse

‘डिप्रेसन रोग हो औषधि सेवन गरे निको हुन्छ’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७३, शुक्रबार १८:१८
3
Shares
विराटनगर, २५ चैत/ डिप्रेसन रोग भएको हुनाले यसबारेमा बुझेर समयमै उपचार गरेमा यो रोग सजिलै निको हुने विज्ञहरुले बताएका छन् ।
विश्व स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा आज शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै कोशी अञ्चल अस्पतालको सुपरीटेन्टडेन्ट तथा वरिष्ठ मनोचिकित्सक डा. रोसन पोखरेलले डिप्रेसनको लक्षण देखिएमा वा मानष्कि रोग भएमा ६ महिनासम्म औषधि सेवन गरेमा सजिलै निको हुने बताए ।

उनले भने, ‘डिप्रेसन रोगको औषधि जीवनभर खाइरहनु पर्दैन । निश्चत समयसम्म यस रोगको वीरामीले खाए यो रोग निको हुन्छ ।’ डिप्रेसनमा काउन्सिलिङ अर्थात् परामर्शको ठूलो महत्व हुने भएकोले मानष्कि रोगीका बीरामलाई घृण होइन काउन्सिलङ्ग गराउन जरुरी रहेको उनले बताए । ८ वर्षअघि मुख छोपेर आउँने मानष्कि रोगीका बीरामी सचेताको कारणले अहिले सुलेर आउने गरेको पोखरले बताए । उनीहरुलाई यो रोगको बारेमा बुझाएर औषधि सेवान गराउन सके निचिश्च समयमा निको हुने पोखरेलको भनाई छ ।

लायन्स क्लब अफ विराटनगर मोरङको आयोजना तथा कोशी हेल्थ कलेजको सहयोगमा भएको कार्यक्रममा कोशी हेल्थ कलेजमा शिक्षक सुदन पौडेलले डिप्रेसनका बीरामीलाई हेर्ने दृष्ट्रिकोडमा परिवर्तन गर्न जरुरी रहेको बताए । परिवारका सदस्यका कारण पनि कसैमा डिप्रेसनको लक्षण देखा पर्ने हुनाले त्यो अवस्थामा चिकित्सवसँग कुरा गरेर पनि डिप्रेसन निको पार्न सकिने उनले बताए ।

कार्यक्रममा लायन्स क्लब अफ विराटनगर मोरङका अध्यक्ष डा. बालकृष्ण साह, विराटनगरका उपमाहानगरपालिको कार्यकारी अधिकृत दिपक कोइरालालगायले बोलेका थिए । यसअघि कोशी हेल्थ कलेजका विद्यार्थीहरुको सहभागिता सचेतना ¥याली समेत निकालिएको थियो । ¥यालीले नगरको विभिन्न भाग परिक्रमा ग¥र्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर