विराटनगर, २४ चैत / स्थानीय तहको निर्वाचनमा विराटनगर उपमहानगरपालिका–वार्ड २ को अध्यक्षमा कांग्रेसको तर्फबाट शुभास कामतले उमेद्धवारी दिने तयारी गरेका छन् । निर्वाचन मिति नजिकिदै जादा अध्यक्षमा उठने तयारी गरिरहेका हुन् ।
२०५४ सालयता नेपाली कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका कामत विभिन्न सामाजि संघसंगठनमा सकृय छन् । पार्टीमा योगदान राम्रो भएकाले टिकट पाउनु पर्ने उनको भनाई छ । अध्यक्षमा कांग्रेसको तर्फबाट इन्द्र काप्mले, होमनाथ घिमिरे, बद्री कार्की पनि आकाक्षी छन् ।