AArya
RUMPUM
animated ellipse animated ellipse

खेलकुद सकियो सुटिङ भवन अधुरै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७३, बुधबार १८:०१
3
Shares
बिनु तिम्सिना
विराटनगर, २३ चैत / सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङको बैजनाथपुर खेल मैदानमा निर्माण गरिएको सुटिङ हलको निर्माण पुरा नहुदा त्रिपाल मुनि राष्ट्रिय खेल खेलाइएको थियो ।
Capture1 copy copyखेलकुद सकिएको तीन महिना बित्न लाग्दा समेत अझै सुटिङ हल भने बनिसकेको छैन् ।
सातौं राष्ट्रिय खेलकुदका लागि मोरङको बैजनाथपुर खेल मैदानमा निर्माण सुरु गरिएको सुटिङ हल समयमा निर्माण सम्पन्न नहु“दा सुटिङका इभेन्ट अन्तराष्ट्रिय मान्यता विपरित त्रिपाल मुनि खेलाइएको थियो ।
सुटिङका खेल सकिएपछि त्रिपाल हटाइयो । तर उक्त भवन निर्माण अलपत्र छाडिएको छ ।
सातौ राष्ट्रिय खेलकुद नाममा राष्ट्रिय खेलकुद परिषदले ५८ लाखको लागतमा सुटिङ हल निर्माण ग¥यो । तर खेल हुने दिन सम्म हलमा छानो नहालीदा तोकिएको समय भन्दा एकदिन पछि त्रिपाल टा“गेर अन्तराष्ट्रिय मान्यता विपरित खेल खेलाइएको थियो ।

खेलकुद पदाधिकारीहरुको ढिलाशुस्तीले गर्दा मोरङमा खेल पूर्वाधार विकास हुन नसकेको पूर्व एथलेटिक्स कोच नारायणबहादुर प्रधानले बताए । “काम देखाउनका मात्रै कनिका छरेजस्तो बजेट दिने परिपाटीले समेत खेल पूर्वाधारको विकास हुन सकेको छैन्, उनले भने “सातौं सकी हालो गर्दै गरुला नी भन्ने परिपाटीले पनि पूर्वाधार विकास हुन सकेन् ।’

खेलाडीलाइ वर्षभरी प्रशिक्षण गर्ने स्थान होस भन्ने उद्देश्यले पूर्वाधार निर्माण गरिदैन प्रतियोगितामा झारो टार्नका लागि मात्रै पूर्वाधार निर्माण गरिदा समस्या भएको उनको गुनासो छ ।

यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोललाल अमात्य भने धमाधम काम भइरहेको बताउँछन् । सुटिङहलको छत मात्रै निर्माण गर्न बाँकी रहेको बताउँदै अमात्यले छानामा टिन लगाउन राखिने फलामको हाइट कम भएकाले समय लागेको बताए ।

सुटिङको भवन त सातौं राष्ट्रिय प्रतियोगिता कै बेला बनेको हो । छाना र हल भित्रका कामहरु मात्रै बाँकी थियो । तर अहिलेसम्म छाना हाल्ने काम भएको छैन् ।
राष्ट्रिय प्रतियोगिता सुरु हुनु भन्दा एक महिना अगाडी भवन निर्माण सम्पन्न गर्नेसर्तमा उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिइएको थियो । तर तिन महिना भैसक्दापनि निर्माण सम्पन्न भएको छैन ।

सुटिङका मोरङ प्रशिक्षक नविन रेग्मी प्राविधिक कारणले विचमा काम रोकिएको स्विकार्छन् । टिन लगाउनु भन्दा तलको भाग (पार्लिङ) को काम ८० प्रतिशत सकिएको उनले बताए । अब १० देखि १५ दिनसम्ममा सवै काम सकेर टिन लगाउने दावि प्रशिक्षक रेग्मी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर