सप्तरीमा हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते
पूर्वाञ्चल खबर
२२ चैत्र २०७३, मंगलवार २०:०३
3
Shares
सप्तरी, चैत्र २२ / सप्तरीको हनुमानगर बजारमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् ।
आज विहान १० बजेतिर सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीलेले आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको सप्तरी प्रहरी जानकारी दिए ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते दुवैजनालाई उपचारको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको हो ।
यसैगरी घाइते हुनेहरुमा हनुमाननगरका कालीचरण साह, रविना खातुन, संजिवकुमार साह र इस्ताफ अली रहेका छन् । उनीहरुको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।