खबर पूर्वाञ्चल
२१ चैत्र २०७३, सोमबार १५:३८
उर्लाबारी, २१ चैत यतिबेला स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । बैशाख ३१ गते हुने निर्वाचनको तयारीमा कांग्रेस, एमाले, माओबादी, राप्रपालगायत साना दलहरुसमेत लागि सकेका छन् ।
यसैसन्दर्भमा उर्लाबारी नगरपालिकाको वडाध्यक्षमा उर्लाबारी क्षेत्रमा सामाजिक गतिबिधिमा अग्रणी रहेका युवाहरुले समेत आंकाक्षा ब्यक्त गरिरहेका छन् । मुख्य गरी नेपाली कांग्रेसमा रहेका लोकप्रिय युवाहरु यतिबेला वडाध्यक्षको उम्मेद्वार बन्ने होडमा छन् ।
साविक उर्लाबारी–७,८ र ९ मिलाएर बनेको उर्लाबारी–२ मा सञ्जिब बुढाथोकीको नाम चर्चामा रहेको छ । उनी पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत हुन् । खेलकुदको अलवा उनी सामाजिक गतिबिधिमा पनि उत्तिकै सक्रिय छन् ।
मंगलबारे युवा समाजको अध्यक्ष, न्यानो अभियान नेपाल उर्लाबारीको बरिष्ठ उपाध्यक्षलगायत पदमा रहेर सामाजिक गतिबिधि गरिरहेका छन् । साथै स्थानीय स्तरको विकास निर्माणमा पनि उनको सक्रियता रहने गरेको कारण उर्लाबारी–२ बाट बुढाथोकीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको खण्डमा नेपाली कांग्रेस माहोल राम्रो रहने बताइन्छ ।
यस्तै, साविक उर्लाबारी–२ हाल उर्लाबारी–५ मा राजु लामाले वडाध्यक्षमा आंकाक्षा देखाएका छन् । सामाजिक कार्यमा अग्रणी भिजन फाउण्डेशन नेपालको अध्यक्ष, नेपाली कांग्रेसको उर्लाबारी नगरसचिवलगायतमा क्रियाशिल रहेका लामा वडाध्यक्षका सशक्त दाबेदार हुन् ।
यस्तै, उर्लाबारी–३ हाल उर्लाबारी–६ मा सचिन शाक्यले वडाध्यक्षमा आकांक्षा ब्यक्त गरिरहेका छन् । युवा ब्यवसायीका रुपमा लोकप्रिय रहेका शाक्य सामाजिक कार्यमा पनि उत्तिकै लोकप्रिय छन् । उनलाई वडाध्यक्ष बनाउँदा कांग्रेसको वडा नं. ६ मा कांग्रेसको जीत हुने एक कार्यकर्ता बताउँछन् । शाक्यको माहोल राम्रो रहेको बताइन्छ । उनी उर्लाबारी उद्योग बाणिज्य संघको बाणिज्य उपाध्यक्ष, उर्लाबारी जेसीजलगायत धेरै संघसंस्थामा आबद्ध रहेका छन् ।
यस्तै, साविक उर्लाबारी–४ हाल उर्लाबारी–७ बाट उम्मेद्वार बन्ने प्रवल सम्भावना रहेको छ, टंक काफ्लेको । लोकप्रिय छबी बनाएका काफ्ले नेपाली कांग्रेस उर्लाबारी वडा नं. ७ का सभापति हुन् । उनी पार्टी कार्यकर्तामाझमात्र होइन, आम जनतामाझ पनि उत्तिकै लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?