विराटनगर, २० चैत / सागर थापा संयोजकमा नेकपा एमाले विराटनगर नगर कमिटीको गठन गरेको छ ।
आज विराटनगरमा बसेको बैठकले थापा संयोजक रहेको १ सय २९ नयाँ कार्य सममिति रहने गरी नगर कमिटी गठन गरिएको हो । यो कमिटीले विराटनगर उपमहानगरपालिका सहित वार्डहरुमा नेकपा एमालेलाई जिताउने अभियानमा लाग्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
नेकपा एमालेलाई जिताउन नयाँ नगर कमिटीले प्रचार प्रसारलाई तिव्र पार्नुका साथै नेकपा एमालेका पक्षमा जनमत ल्याउन विभिन्न प्रकारका कार्यक्रम गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङका उपाध्यक्ष रामलाल साह र सचिव एवं सान्सद ऋषिकेश पोखरेलले संविधानलाई कार्यान्वयन गर्न र देशमा विकास, स्थायीत्व ल्याउन चुनाव आवश्यक भएकाले सबैलाई आफ्नो ठाँउबाट नेकपा एमालेलाई पहिलो पार्टी बनाउने गरी कार्य गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले मोरङ अध्यक्ष विनोद ढकाल, निवर्तमान अध्यक्ष महेश रेग्मी लगायतको सहभागिता थियो ।