उर्लाबारी, २० चैत / किरात लिपिका प्रबद्र्धक श्रीजंगाको शालिक निर्माण सहयोगार्थ मोरङको टाँडीमा नयाँ बर्षको अबसर पारेर ‘नव बर्ष साँगीतिक साँझ कार्यक्रम २०७४’ को तयारी तिब्र पारिएको छ ।
श्रीजंगा युवा क्लव र टाँडी युवा क्लबको संयुक्त आयोजनामा बैशाख ३ गते हुने m साँगीतिक कार्यक्रममा स्थानिय क्षेत्रमा जन्मिए राष्ट्रिय स्तरमा नै महत्वपुर्ण कार्य गरेको भन्दै सामाजिक अगुवा युवा ब्यक्तित्व कुमार लिङ्देन मिराक, गायिका एलिना राई, संगीतकार जिबेश राई र मुर्तिकार मञ्जुल मितेरीलाई सम्मान गरिने श्रीजंगा युवा क्लबका अध्यक्ष प्रबेश लिम्बुले जानकारी दिएका छन् ।
यसैगरि सो कार्यक्रममा कलाकारहरु दिपक लिम्बु, कुशल थलङ, नरेश लिङ्देन,मेलिना राई, विनोद खम्बु, सुदृष्टि राई सुनिता मिभकलगायत स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने छ । साथै हिमशिखर पिएलो डाँन्स आइडलका कलकारहरुको आकर्षक नृत्य रहनेछ ।
किराँत लिपिका प्रर्वदक श्रीजंगाको शालिक निर्माणलागि सहयोग जुटाउने उदेश्यले कार्यक्रमको आयोजना गरिन लागिएको टाँडी युवा क्लबका अध्यक्ष महेन्द्र लिम्बुले जानकारी दिए । आयोजक समितिका सचिब सन्तोष खम्बुका अनुसार नयाँ बर्षमा शुभकामना आदान प्रदान गर्दै टाँडीलाई चिनाउन सो कार्यक्रम गरिने भएको हो ।
कार्यक्रमबाट भएको मुनाफाले किरात लिपिका प्रबद्र्धक श्रीजंगाको शालिक निर्माण सहयोग गरिने छ । टाँडी साँगीतिक साँझ तथा श्रीजंगाको शालिक निर्माण लागि आयोजकले सहयोग गर्न सबैमा अपिल पनि गरेको छ ।