RUMPUM
animated ellipse animated ellipse

लामपाते सीमसारलाई व्यवस्थापन गरिदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७३, शनिबार १६:४९
3
Shares
तस्विरःउर्लाबारी–२(साविक वडा नम्बर ९)मा अवस्थित लामपाते सीमसार क्षेत्र । तस्विरःगोविन्द ।
गोविन्द पोखरेल
उर्लाबारी, १९ चैत सीमसारको सहर उर्लाबारीमा अवस्थित लामपाते सीमसारलाई व्यवस्थित गरिने भएको छ । साविक वडा नम्बर ९(हाल वडा नम्बर–२)मा अवस्थित लामपाते सीमसार व्यवस्थापनका लागि सालबारी सामुदायिक वन उपभोक्ता समूह अग्रसर बनेको छ ।
वन क्षेत्रभित्र साढे ४ हेक्टर क्षेत्रफलमा फैलिएको लामपाते सीमसारलाई व्यवस्थित गर्नका लागि पहिलो चरणको काम भइरहेको छ । सालबारी सामुदायिक वनका अध्यक्ष नरेन्द्र थापाले भने–‘सीमसार क्षेत्रलाई व्यवस्थित एवं प्रबद्र्धनका लागि पहिलो चरणमा सरसफाईको काम अगाडि बढिरहेको छ । ’ पुरिएका प्राकृतिक खाल्डोलाई सरसफाई गरी पोखरी बनाउने कार्य भइरहेको उनले जानकारी दिए ।
‘पानीको स्रोत राम्रो भएकाले हामी उत्साहित छौँ । ’ थापाले भने–‘केही महिना पोखरीमा माछा पालन गरी सीमसार व्यवस्थापनका लागि खर्च गर्ने योजना छ । ’
सीमसार व्यवस्थापनका लागि सामुदायिक वनले आप्mनो वार्षिक बजेटको केही रकम खर्च गर्ने समेत उनले बताए । हाल ऋण खोजेर सीमसार क्षेत्रको सरसफाई भइरहेको छ । पहिलो चरणमा २० लाख नगद खर्चिएर सीमसारको व्यवस्थापन गरिनेछ । सीमसार व्यवस्थापनका लागि उर्लाबारी नगरपालिकाले यो वर्ष दुई लाख बजेट विनायोजन गरेको थापाले जानकारी दिए ।
पर्याप्त स्रोत र साधान उपलब्ध भए २०७४ सालभित्र पर्यटकका लागि सीमसार खुल्ला गरिने सीमसार व्यवस्थापन समितिका संयोजक मित्रप्रसाद ढकालले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटर उत्तर क्षेत्रमा अवस्थित यो सीमसारमा विभिन्न प्रजातिका जंगली जनावर तथा कछुवा, अजिंगर पाइने गरेका छन् । सालको रुख बढि भएको यो सीमसारलाई संरक्षण र प्रबद्र्धनका लागि गुरुयोजना तयार भइसकेको संयोजक ढकालले जानकारी दिए ।
यसरी नामकरण भयो लामपाते सीमसार
जरुवा पानीको स्रोत भएकाले यस क्षेत्रमा एक जना ‘लामपाते’ गोत्रका धिमालले बाँध निर्माण गरेका थिए । उनले त्यही बाँधमा पानी सञ्चित गरी आप्mनो खेतमा सिचार्इँ गर्थे । लामपाते धिमालले बनाएको हुँदा उक्त बाँधको नाम लामपाते बाँध बन्न पुगेको स्थानीयले बताए । त्यही भएर यो सीमसारको नाम पनि लामपाते राखिएकोे स्थानीयवासीले बताए । यो सीमसारलाई केहीले भुसी झोडा सीमसार पनि भन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर