AArya
RUMPUM
animated ellipse animated ellipse

रिनल्ट गाडी एक्सचेन्ज मेला तीन थपिया

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ चैत्र २०७३, शुक्रबार १८:४९
3
Shares
विराटनगर १८ चैत्र । विराटनगर बरगाछीमा रहेको महावीर अटो मोबाईल्सले रिनल्ट गाडीहरुको एक्सचेन्ज मेला थप ३ दिन बढाएको छ ।
ग्राहकहरुको बढ्दो प्रतिक्रियालाई ध्यानमा राखी अरु ३ दिनका लागि थपेको हो । अब “न्यू इयर जम्छ, किनकी एक्सचेन्जमा दम छ” भन्ने नारा सहित रिनल्टले विराटनगरमा गत चैत्र १६ गते देखि एक्सचेन्ज मेला राखेको थियो ।

दैनिकी रिनल्ट गाडी किन्ने , एक्सचेन्ज गर्न तथा यसका बारेमा बुझ्न आउने ग्राहकहरुको आर्कषित भिडले गर्दा अरु ३ दिन बढाएको महाबिर अटो मोबाइल्सका मेनेजिङ डाईरेक्टर महेश शर्माले जानकारी दिए ।
एक्सचेन्ज मेलामा अहिले सम्म ९ वटा बुकिङ, ४ वटा विक्री, र ७ वटा एक्सचेन्ज भईसकेको रिनल्ट कम्पनीका डिलर सेल्स मेनेजर विपुल भट्राईले बताए ।
अटो मोवाईल्सले चैत्र १९, २० र २१ गते सम्म मेलामा रिनल्टको डस्टर, क्विड गाडी विराटनगरको महाविर अटो मोवाईल्सले आधिकारीक बिक्रेतामा रुपमा राखेको सम्राट बर्मा अधिकारीले जानकारी दिए ।

अटो कम्पनी प्रा.लि. ले बिशेष बैकिङ योजना ८.९९ प्रतिशत व्याजरमा फाईनान्स गर्ने योजना सहित एक्सचेन्ज मेला धमाका संञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर