RUMPUM
animated ellipse animated ellipse

षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार कसजुलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७३, बुधबार १८:११
3
Shares
तस्वीर -पुष्पराज थपलिया
विराटनगर, १६ चैत / अग्रज पत्रकार तथा सुचना आयोगका पूर्व प्रमुख आयुक्त विनय कसजुलाई विराटनगरमा आज पुरस्कृत गरीएको छ ।
नेपाल पत्रकार महासंघको ६२ औ स्थापना दिवशको अबसरमा आयोजना गरीएको कार्यक्रममा षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार—२०७३ बाट कसजुलाई पुरस्कृत गरिएको हो । उच्च अदालत विराटनगरका मुख्य न्यायधिस कुलरत्न भुर्तेल र सुचना आयोगका आयुक्त किरण पोखरेलले उनलाई सम्मान गरेका थिए ।
पुरस्कारको राशि पचास हजार एकाउन्न रुपैया रहेको छ । सुचनाको हकको क्षेत्रमा कोशेढुंगा सावित हुने गरी निती निर्माणका योगदान दिएको भन्दै कसजुलाई पुरस्कार प्रदान गरीएको हो ।
उच्च अदालतका मुख्य न्यायधिस भुर्तेलले लोकतन्त्र सस्थागत गर्न पत्रकारहरुले भुमिका निर्वाह गर्ने बताए । उनले अहिले लोकतन्त्र सस्थागत हुन नसकेकोले अब अझ देश समस्यामा जाने खतरा रहेको भन्दै पत्रकारहरुको सशक्त भुमिकाको आबश्यकता रहेको बताए ।
त्यसैगरी सुचना विभागका आयुक्त किरण पोखरेलले स्थापना दिवशको शुभकामना दिदै सुचनाको हकबाट पत्रकारहरु सुरक्षित हुने बताए । उनले मोफसलमा यति ठुलो राशिको पुरस्कार स्थापना हुनु राम्रो भएको भन्दै यसले नागरीकको सुचनाको अधिकार स्थापित गर्ने बताए ।
सुचनाको अभियन्ता केदार बस्नेतले श्रीमतीको नाममा पुरस्कार स्थापना गरेका हुन् । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, अग्रज पत्रकार यज्ञ शर्मा पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, पुरस्कार दाता बस्नेत लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर