RUMPUM
animated ellipse animated ellipse

राष्ट्र शान्ति मानव कल्याणका लागि महायज्ञ हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७३, मंगलवार २२:४७
3
Shares
रबिन्द्र बराल
रंगेली ,१५ चैत/राष्ट्र शान्ति मानव कल्याणका लागि नेपालमा पहिलोपल्ट सप्तरीको क्षिन्न मस्ता सखडा शक्ति पिठमा श्रि श्रि श्रि १००८ लक्ष्यचण्डि रुद्रमहायज्ञ हुने भएको छ ।
चैत्र २६ गतेदेखि बैशाख ६ गतेसम्म हुन लागेको महायज्ञ नेपाल र भारत गरि ३५ सय ब्राह्मणद्वारा चण्डिपाठ हुने भएको छ ।
महायज्ञमा जगतगुरु शंखराचार्य मठाधिश र शन्तमन्तको सन्ध्यामा महायज्ञ हुन लागेको हो ।
भारतमा पहिलो पटक भारतका प्रधानमन्त्री जवाहरलाल नेरुको पालामा सहित चार पटक यस्तो महायज्ञ भएको बिराटनगरका समाजसेवी रमेश शर्मा घिमिरेले बताए ।
उनका अनुसार आदिकालका देवि देवताहरुले यस्तो महायज्ञको आयोजना गरेको पौराणिक कथन छ । यो यज्ञ सत्य युग,त्रेता युग तथा द्ववापर युगमा मात्रै भएको थियोे । महायज्ञ ५१ सय बर्ष अधि सुरु भएको बताईएको छ ।
महायज्ञमा नेपाल भारत गरि बिश्वका विभिन्न देशबाट भक्त जनहरु सहभागी हुने यज्ञ समितिका अध्यक्ष पिठाधिस महाक्त ठाकुरले बताए । उनले यज्ञमा सहभागी सवैलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर