AArya
RUMPUM
animated ellipse animated ellipse

ठूलो परिमाणमा अवैध कपडा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०७३, सोमबार १८:२१
3
Shares
विराटनगर, ७ चैत / मोरङ प्रहरीले भन्सार छली ल्याएको विराटनगर ७ बाट ठूलो परिमाणमा लत्ताकपडाहरू बरामद गरेको छ ।
जोगवनीबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको कपडा बरामद भएको हो । सुनसरी अमरढुवा ९ बस्ने ३० बर्षका शिव शंकर गुरूङले को ८ प ७१७० नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा सामान बरामद भएको मोरङ प्रहरीले बताएको छ ।
प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा मानिस सहित करीब १ लाख ८० हजार ४ सय ५० रुपैयाँ बरावरको समान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
त्यस्तै विराटनगर १५ बसपार्क छेउमा बेवारिसे अवस्थामा प्लाष्टिकको बोराभित्र भारतबाट भन्सार छली ल्याएका बिभिन्न प्रकारका लत्ताकपडा करीब तीस हजार २ सय बराबरको सामान बरामद गरी सोमबार भन्सार कार्यालय रानीमा बुझाईएको मोरङ प्रहरीका प्रवक्ता योगेन्द्रसिंह थाजाले जानबारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर