AArya
RUMPUM
animated ellipse animated ellipse

‘यो साइनो मायाको’ राम्रो सुरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७३, सोमबार १७:५७
3
Shares
विराटनगर, ७ चैत ÷ यसै साता देशभरीको ५० वटा हलमा रिलिज भएको चलचित्र ‘यो साईनो मायाको’ चार दिनमा दर्शको राम्रो साथ पाएको छ ।
चलचित्र हेर्नको लागि दर्शकहरुको भिड हलमा निकै नै देखियो । यस्तै चलचित्रले सोलो रिलिज पाएको हुनाले पनि दर्शकहरुको राम्रो साथ पाएको हो । पहिलो दिनमा नै निकै राम्रो सुरुवात गरेको चलचित्रले चार दिनमा दर्शकहरुलाई हलसम्म लिएर आउन सफल भएको निमार्ण यूनिटले जनाएको छ ।
बिदाको अवसर पारेर पनि दर्शकहरुले चलचित्रलाई अधिकतम माया दिएको चलचित्रका नायक जतिन ताम्राकारले बताए ।
शनिवार राजधानी भित्र मात्र नभएर उपत्यका बाहिर मोफसलको हलहरु समेत हाउसफुल भएको बताइएको छ । दर्शकहरुको यो माया अनि साथले निर्माण पक्षे निकै उत्साहित भएका छन् ।
चलचित्रका कलाकारहरु सिनेमा घरहरुमा गएर दर्शकहरु प्रतिक्रिया आदान प्रदान गर्ने काम समेत गरेका थिए । सिनेमा घरहरुमा कलाकारहरुको उपस्थितिले दर्शकहरुलाई निकै खुशी समेत तुल्याएको छ । चलचित्र हेरेर फर्किने दर्शकहरुले चलचित्र निकै राम्रो रहेको र गीत संगीतले धेरै नै मन छोएको जस्ता प्रतिक्रियाहरु दिएका छन् । यस्तै चलचित्रको कथा वस्तु र प्रस्तुति समेत निकै सशक्त हुनुको साथै नयाँ कलाकारहरुको अभिनयले पनि चलचित्रलाई सुन्दर बनाउन ठुलो भूमिका खेलेको दर्शकहरुको भनाई रहेको छ ।
दर्शकहरुको राम्रो प्रतिक्रिया र साथले चलचित्रले आगामी दिनहरुमा निकै राम्रो सफलता हात पर्ने संकेत पनि देखिएको छ । राम कुमार श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र ‘यो साईनो मायाको’ मा जतिन ताम्राकार, रेश्मा घिमिरे, नवनितराज प्रधान, किशोर भण्डारी, सुनिता श्रेष्ठ, राजु भुजेललगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
मन्जिना मुभिज क्रियसनको प्रस्तुति रहेको चलचित्रमा बाबुराम नेपालीको छायांकन र कुन्दन थापा र विकेश के शंकरको संगीत समावेश रहेको छ । यस्तै चलचित्रको गीतहरुमा शिव परियार , मनिषा पोखरेल , कोशिष क्ष्ोत्री र मेलिना राईले आफ्नो स्वर दिएका छन् । चलचित्रको लेखन तथा निर्देशन अरुणकुमार प्रधानले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर