स्थानीय निकायमा महिला नेतृत्व विकास प्रशिक्षण सुरु
पूर्वाञ्चल खबर
६ चैत्र २०७३, आईतवार १८:३४
3
Shares
विराटनगर, ६ चैत / स्थानिय तहको निर्वाचनको तयारीका लागि भन्दै नेपाल महिलासंघ मोरङले विराटनगरमा आजदेखि स्थानीय निकायमा महिला भुमिका र नेतृत्व विकास प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
दुईदिन सम्म चल्ने कार्यक्रममा स्थानिय तह र महिला नेतृत्वका विषयमा प्रशिक्षण दिइने नेपाल महिला संघ मोरङकी सचिव प्रमिला थापाले वताइन् । तालिमको उद्घाटन गर्दे नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा महिला संघकी पूर्व अध्यक्ष डाक्टर डिला संग्रौलाले सरकारले वैशाख ३१ गते चुनावको मिति तय गरीसकेको अवस्थामा महिलाहरुले पनि आफूहरुलाई ससक्त बनाउदै अगाडि बढ्नु पर्नेमा जोड दिइन्न् ।
नेपाली कांग्रेसको नेतृत्वमा आएको संविधानको कार्यान्वयन पनि कांग्रेसले नै गर्ने उनको भनाई थियो । उनले नेपाली कांग्रेसको अहिलेको अवस्था र कांग्रेसले गरेका कार्यहरु लगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा नेपाल महिला संघ जिल्ला उपाध्यक्ष विजयता अधिकारी, नेपाली कांग्रेस जिल्ला सदस्य राजु मास्के, नेपाली कांग्रेस जिल्ला सदस्य मन्दिरा गुरागाई , नेपाल महिला संघ मोरङकी सचिव प्रमिला थापा लगायतले तालिमको सुभकामना मन्त्वय व्यक्त गरेका थिए ।
नेपाल महिला संघ क्षेत्र नम्बर ५,६ र ७ का महाधिवेशन प्रतिनिधि, वार्ड अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । तालिम सोमबार समापन हुनेछ ।