RUMPUM
animated ellipse animated ellipse

झापाका निर्वाचित पत्रकारलाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७३, शनिबार २०:०८
3
Shares
झापा, ५ चैत / नेपाल पत्रकार महासंघ झापा शाखाको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको छ ।
झापाको मेचीनगर–११ स्थित कालिका सिमसार तथा पर्यटन क्षेत्र परिसरमा ट्राभल्स संघ झापाले आयोजनामा गरेको कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको हो । नवनिर्वाचित पदाधिकारीलाई टिका, खादा र मायाको चिनो स्वरुपमा डायरी, कलम दिएर स्वागत गरिएको थियो ।
त्यस्तै झापाली पत्रकारिताले पु¥याएको योगदानको उच्च मूल्याङकन गर्दै ट्राभल्स सङ्घ झापा र मङ्गल सेवा समिति झापाले महासंघ झापा शाखालाई सम्मानपत्र प्रदान गरेको छ । महासघ झापाले सञ्चालन गरेको पत्रकार साहारा उपचार कोषका लागि मंगल सेवा समितिका तर्फबाट नगद ५ हजार प्रदान गरिएको थियो ।
उक्त रकम पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एकराज गिरीलगायतले ग्रहण गरेका थिए । कार्यक्रममा झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी, ट्राभल्स सङ्घका अध्यक्ष शङ्कर भट्टराई, मङ्गल सेवा समितिका अध्यक्ष राज कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर