संविधान संशोधन प्रस्ताव दर्ता एमालेका कारण अगाडि बढ्न नसकेको -अर्याल
पूर्वाञ्चल खबर
३ चैत्र २०७३, बिहीबार १९:०२
3
Shares
विराटनगर, ३ चैत / नेपाली कांग्रेसका मोरङ क्षेत्र नं. ५ का सांसद अमृत अर्यालले स्थानीय निकायको निर्वाचनको मिति घोषणा भैसकेकाले तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
विराटनगर वडा नम्बर १६ को वडा भेलामा बोल्दै चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे । उनले निर्वाचन आयोगले चुनावको तयारी तिव्र पारेको पनि जानकारी गराए । सांसद अर्यालले संविधानलाई स्थायीत्व दिन चुनाव अपरिहार्य भएकाले सबै एक भएर बढ्नुको विकल्प नरहेको बताए । उनले संविधान संशोधन प्रस्ताव दर्ता भएपनि एमालेका कारण अगाडि बढ्न नसकेको बताए ।
२०७१ सालमै संविधान संशोधन गर्ने भनेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले हस्ताक्षर गरिसकेको पनि स्पष्ट पारे । उनले नेपाली कांग्रेसले नै देशलाई निकास दिने प्रष्ट पारेका छन् । सांसद अर्यालले नेकपा एमाले र मधेशवादी दलहरु अतिवादी हुदै अगाडि बढेको पनि जिकिर गरे । उनले अबको चुनावमा अनिवार्य महिला उम्मेदारको व्यवस्था गरिएकाले महिलाहरुले पनि आफूहरुलाई सोही अनुसार तयार गर्दे अगाडि बढ्नु पर्नेमा जोड दिए ।