नेपाल क्षयरोग निवारण संस्थाको महाधिवेशन भोलीदेखि सुरु
खबर पूर्वाञ्चल
३ चैत्र २०७३, बिहीबार १७:२०
3
Shares
विराटनगर, ३ चैत / नेपाल क्षयरोग निवारण संस्थाको ३७ औं केन्द्रीय सभाको अधिवेशन र १० औं महाधिवेशन विराटनगरमा हुने भएको छ ।
संस्थाले आज बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी चैत ४ र ५ गते विराटनगरमा महाधिवेशन हुने जानकारी गराएको हो ।
प्रत्येक ४ वर्षमा हुदै आएको महाधिवेशनले चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । ३३ जिल्लामा फैलिएको क्षयरोग निवारण संस्थाबाट १ सय ३० जना प्रतिनिधि तथा ३० जना परिवेक्षक आउने नेपाल क्षयरोग निवारण संस्था मोरङका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।