खबर पूर्वाञ्चल
त्यस्तै कार्यक्रममा एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरिएको थियो । सोही अवसरमा राधिका गुरागाईंं, दिङ्लाली कान्छो, मीनकुमार नवोदित, दीपक शम्चु, हरिप्रसाद बराल, बाबुराम श्रेष्ठ वर्षा, सरला चापागाईंलगायतले कविता, गीत, गजल, मुक्तक प्रस्तुत गरे ।
हिमाल, पहाड र तराईलाई जोड्ने पर्व होलीलाई विकृतिरहित रुपमा मनाउनुपर्नेमा प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जोड दिनुभयो । देवेनरा समूहसँगको सहकार्यमा हरेक वर्ष होलीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिए ।