AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चेतना प्रतिष्ठानको होलीमा सिर्जना वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७३, शनिबार १९:३७
3
Shares
विराटनगर, २८ फागुन / चेतना संरक्षण प्रतिष्ठान विराटनगरले होली पर्वका अवसरमा आज विराटनगरमा शुभकामना आदानप्रदान र होलीसम्बन्धी सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

देवेनरा दुन्दडा समूहको सौजन्यमा आयोजित कार्यक्रममा वक्ताहरुले होलीको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा देवेनरा समूहका अध्यक्ष देवकिसन मुन्दडा, उद्योगी महेश जाजु, समाजसेवी दीनबन्धु गोयल, मोरङ व्यापार संघका महासचिव प्रकाश मुन्दडा, मकालु टेलिभिजनका अध्यक्ष दिनेश सुवेदी, प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिवस सुवेदीलगायतले होली पर्वले आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

त्यस्तै कार्यक्रममा एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरिएको थियो । सोही अवसरमा राधिका गुरागाईंं, दिङ्लाली कान्छो, मीनकुमार नवोदित, दीपक शम्चु, हरिप्रसाद बराल, बाबुराम श्रेष्ठ वर्षा, सरला चापागाईंलगायतले कविता, गीत, गजल, मुक्तक प्रस्तुत गरे ।

हिमाल, पहाड र तराईलाई जोड्ने पर्व होलीलाई विकृतिरहित रुपमा मनाउनुपर्नेमा प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जोड दिनुभयो । देवेनरा समूहसँगको सहकार्यमा हरेक वर्ष होलीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर