विराटनगर, २५ फागुन / मोरङ सहकारी अस्पताल विराटनगरले निशुल्क प्रसूति सेवा सुरु गरेको छ ।
नेपाल सरकारले निःशुल्क सेवाका रुपमा लागु गरेको आमा सुरक्षा कार्यक्रम अन्तरगत मोरङ सहकारी अस्पतालले पनि सेवा सुरु गरेको हो ।
अस्पतालले आज बुधबार पत्रकार सम्मेलन गरी आमा सुरक्षा कार्यक्रम अन्तरगत प्रसूति सेवालाई निःशुल्क गर्ने जानकारी दिएको हो ।
अस्पताल संचालक समितिले सरकारले सुरु गरेको आमा सुरक्षा कार्यक्रम अन्तरगत मोरङ सहकारीमा निशुल्क प्रसूति सेवा सुरु गरेको हो । अस्पतालले हाललाई सेवा सञ्चालन गर्न १५ वटा बेड छुटयाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले, कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले सरकारी कार्यक्रम निजी अस्पतालमा लागु हुदा सेवाग्राहीले सेवा पाउने विश्वास व्यक्त गरे ।